चरित्रमा बाच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

File Photo
File Photo

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ। उनले अभिनय गरेका चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ।

चलचित्र ‘आमा’ को लागि उनले केश मुण्डन (कपाल खौरिएको) बताएकी थिइन्। एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको सङ्ख्या न्यून छ। पात्रमा बाँचेपछि त्यसको भोगाइलाई पनि अपनाउनुपर्नेछ। 

'मैले काम गर्दा पात्रको सुख र दुःख दुवैलाई महसुस गर्ने गरेकीछु', अभिनेत्री पन्तले भनिन्, ' म विधिमार्फत पात्रमा बाँच्ने कोसिश गर्छु।' यसै महिना अभिनेत्री पन्तको दुई चलचित्र ‘बहाव’ र ‘बुलाकी’ प्रदर्शन हुँदैछ। आज आयोजित पत्रकार भेटघाटमा अभिनेत्री पन्तले दुवै कलाकात्मक दृष्टिकोणले बनाइएको व्यावसायिक चलचित्र रहेको जानकारी दिइन। 'बहावमा प्रेमी र विद्रोहीको चरित्रमा अभिनय छ। कलात्मक शैलीमा यसको निर्माण गरिएको छ। बुलाकी भने ग्रामीण भेगको महिलाको कथा हो', अभिनेत्री पन्तले भनिन्। 

बहावको छायाङ्कनमा उनी सुगासँग नजिकिनु भएको छ। उनले भनिन्, 'कार्यशालादेखि नै सुगासँग भए।  एक पटक मैले उसलाई निस्की भनेर पिँजडाको ढोका खोल्दा नि निस्किएन। म अन्योल भएँ र डराएँ।  यही भावनालाई कलात्मक शैलीमा चलचित्र बहावमा देखाइएको छ।' एकसाताकै अन्तरालमा उनको दुई चलचित्र प्रदर्शन हुँदैछन्। 

'नेपालमा प्रदर्शनको लागि कठिन नै छ जस्तो लाग्छ किनकी योजना गरिएभन्दा पनि वितरकसँगकै सल्लाहमा तय हुन्छ', अभिनेत्री पन्तले भनिन्। त्यसो त एउटै कलाकारकै दुई चलचित्र वैशाख १ मा प्रदर्शन हुँदैछ। अभिनेता दयाहाङ राई अभिनित बिहे पास र जारीसँगै प्रदर्शनमा आउँदैछ। 

प्रकाशित मिति: : 2023-03-22 20:08:00

प्रतिकृया दिनुहोस्