आसिफ शेखलाई एमसिसी स्पिरिट अफ क्रिकेट अवार्ड

CAN
CAN

इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका क्रिकेटर आसिफ शेखलाई २०२२ को क्रिस्टोफर मार्टिन्स – जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने घोषण गरेको छ। 

सन २०२२ फ्रेबअरीमा भएको नेपाल र आयरल्यान्डबीचको खेलमा आसिफले  खेल भावनाको कदर गर्दै अवार्ड प्रदान गरिएको एमसिसीले जनाएको हो। यसवर्ष उक्त अवार्डका लागि आसिफसँगै इंग्ल्यान्डका जोस बटलर र बेन स्टोक्स मनोनयनमा थिए।

आसिफले यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) प्रदान गर्ने स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरेको थियो।

प्रकाशित मिति: : 2023-03-20 18:15:00

प्रतिकृया दिनुहोस्