थ्री नेसन्स कपको विजेताले ५ हजार अमेरिकी डलर पाउने

Photo : ANFA
Photo : ANFA

आगामी चैत ८ गतेदेखि १७ गतेसम्म आयोजना हुने थ्री नेसन्स कप उपाधिको विजेताले ५ हजार अमेरिकी डलर पाउने भएको छ।

सोमबार अखिल नेपाल फुटबल सघं एन्फाले पत्रकार सम्मलेन गरी उपाधि विजेतालाई ५ हजार अमेरिकी डलर प्रदान गर्ने जनाएको हो।

लाओस, भुटान र नेपालबीच हुने सो प्रतियोगितामा विजेतालाई ५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई ३ हजार अमेरिकी डलर प्रदान गर्ने एन्फाले जनाएको हो।

त्यस्तै, प्रतियोगिताको कुल बजेट १ करोड ७७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएकाे छ। एन्फाले प्रतियोगिताको मार्केटिङ, प्रसारण र डिजिटल अधिकार एमडिएसी स्पोर्ट्स प्रालिले २० लाख रुपैयाँमा पाएको छ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्।

प्रकाशित मिति: : 2023-03-20 17:24:00

प्रतिकृया दिनुहोस्