ध्रुब बस्याल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासकाे मत प्राप्त गरेका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार सम्पन्न मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले २ सय ७३ सदस्यीय प्रतिनिधिसभा सदस्यमध्ये १ सय ७२ जनाकाे मत प्राप्त गरेका छन्।
आजको बैठकमा २ सय ६२ जना उपस्थित थिए।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले दाेस्राे पटक विश्वासकाे मत लिएका हुन्।
उनलाई नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा), राष्ट्रिय जनमाेर्चा र आम जनता पार्टीका सांसदले विश्वासकाे मत दिए।
प्रधानमन्त्री प्रचण्डलाई नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेपकिपा)ले विश्वासकाे मत दिएनन्। प्रतिनिधिसभामा एमालेका ७९ जना, राप्रपाका १४ जना र नेमकिपाका १ जना सांसद रहेका छन्।
याे सँगै प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभा पुन: पूर्ण बहुमत प्राप्त गरेका छन्।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया