म्यान्मारकाे सत्ताधारी सेनाले गत–हप्ता एउटा गुम्बामा बम बर्सायो। दक्षिण–शान राज्यकाे गुम्बाभित्र लुकिछिपी बसेका कयौँ स्वतन्त्र नागरिक मध्ये ३० जनालाई छानीछानी गोलीसमेत हान्यो।
'जुन्ता' सेना पिनलाङको नानेइन्ट गाउँमा छिरेपछि स्थानीयहरू भागेर गुम्बामा पुगेका थिए। तर क्रूर सेना गुम्बाछेउ पुग्यो। र ठूलो आक्रमण गर्यो। गुम्बाभित्र लुकेर बसेका गाउँले नागरिकसँगै भिक्षुहरू पनि मारिएको अधिकारीहरूले जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा फैलिएको एउटा विभत्स भिडियोमा पीडितहरू रगताम्य भूइँमा लडिरहेका देखिन्छन्। गुम्बाको भित्तामा गोली नै गोलीको दाग देखिन्छ।
म्यान्मारको सागाइँङ, म्याग्वे, शान, छिन्, कचिन र केयिनमा सैन्य आतंक बढ्दो छ। म्यान्मार सेनाले यी राज्यमा नागरिकको हत्या गर्नूका, साथै ११ वटा गाउँ–ध्वस्त पारेको छ। सैनिकहरू घर–घरमा घुसेर नागरिकलाई पक्राउ गरिरहेको छ। पक्राउ परेका नागरिकलाई कहाँ कतिबेला हत्या गर्छ थाहै हुँदैन।
गत हप्ता नै सेनाले मोनिवा गाउँमा अन्धाधुन्ध गोली बर्साउँदा कयौँ मानिसले ज्यान गुमाए। तीन हप्ताअघि कतिपय युवाहरूलाई अमानवीय रुपमा हत्या गरियो। उनीहरूको टाउको काटिएको थियाे। यस्ता दृश्यले स्वतन्त्रताप्रेमीहरू निराश छन्।
सैन्य ‘कू’यता म्यान्मार सेनाले ३ हजार १ सय ४२ जनाको हत्या गरेको छ। उत्तिकै संख्यामा गिरफ्तार गरेको छ। सेनाले म्यान्मारको ‘प्रजातन्त्र र स्वतन्त्रा’ खोसेको छ। सर्वोच्च–नेत्री आङ सान सुकी सैन्य नजरबन्दमा थुनिएकी छिन्।
म्यान्मारको राजनीतिक, सामाजिक र आर्थिक अवस्था कमजोर हुँदै गएको छ। सेनाले गुम्बा, चर्च र मस्जिद भत्काउने गरेको छ। जसले मानिसहरू त्रासमा बाँचिरहेका छन्।
म्यान्मार सेनाले नागरिकलाई शत्रूको व्यवहार गर्दैआएको छ। सेनाले रुसी हतियारको सहारामा म्यान्मारी जनताको हत्या गरिरहेको छ।