कसरी चिन्ने जाली नोट ?

रातोपाटी

काठमाडौं

काठमाडौँको कालोपुलबाट चैत १ मा नक्कली नोट कारोबारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कारोबारीको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार मंसिरपछि जाली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति: : 2023-03-20 05:46:00

प्रतिकृया दिनुहोस्