बिएल संवाददाता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले पक्राउ पुर्जी जारी गरेको छ।
युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्याइएको सहित युद्ध अपराधका लागि पुटिनलाई जिम्मेवार बनाउँदै आईसीसीले पक्राउ पुर्जी जारी गरेको हो ।
आइसीसीका अनुसार उनले युद्ध अपराध २४ फेब्रुअरी २०२२ यता गरेका हुन् ।
आइसीसीले पुटिनलाई संगीन आरोप लगाउँदै पक्राउ पुर्जी जारी गरेकोमा मस्कोले रोष प्रकट गरेको छ । उनसले युद्ध अपराधको आरोप अस्वीकार गर्दै आइसीसीलाई पश्चिमाहरूको गोटी भएको आरोप लगाएको छ ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पक्राउ पुर्जी अर्थहीन भएको बताएकी छिन् ।
आईसीसीसम्बन्धी सम्झौताको हस्ताक्षरकर्ता नभएकाले रूसले उसको निर्णय मान्ने कुरै छैन भन्दै उनले अन्तर्राष्ट्रिय फौजदारी अदालतका निर्णयले हाम्रो देशका लागि कानुनी दृष्टिकोण सहितको कुनै अर्थ नराख्ने बताएकी छिन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया