बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही एक लाख पुरस्कार दिने

File Photo
File Photo

बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ। प्रदेश सरकारले खेलाडीहरुलाई जनही रु एक/एक लाख पुरस्कार दिने घोषणा गरेको हो।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहनस्वरुप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।

क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पुर्याएकामा प्रदेश सरकारले गौरव गरेको उनले बताए।

युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको हो। विश्वकप लिग–२ का सहभागी सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ।

प्रकाशित मिति: : 2023-03-17 13:41:00

प्रतिकृया दिनुहोस्