पाकिस्तानमा पोलियो विरुद्धको अभियान

बिएल संवाददाता

इस्लामावाद
File photo
File photo

पाकिस्तानका कतिपय प्रान्तहरुमा पोलियोका विरामीहरु देखिएपछि यसका विरुद्धमा अभियान सञ्चालन गरिएको छ।

पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि यहाँको सरकारले सोमबारदेखि पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तका दुई करोडभन्दा बढी बालबालिकालाई यो खोप दिइने बताइएको छ।

सोमबारबाट यो अभियान सुरु भएको र उनीहरूलाई घर घरैमा पुगेर यो पोलियो खोप दिइने बताइएको छ। सिन्धको प्रान्तीय सरकारले मार्च १३ (सोमबार) देखि यो अभियान सुरु गरिने र पाँच दिनसम्म सञ्चालन गरिने जानकारी दिएको छ।सिन्धको प्रान्तीय सरकारका स्वास्थ्य अधिकारीले यो पोलियो खोप दिने कार्यक्रम दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा यहाँका कम्तीमा पनि एक करोड ७० लाख बालबालिकालाई दिइने बताइएको छ।

त्यसपछि अर्काे अर्थात् दोस्रो चरण आगामी अप्रिल ३ तारिखदेखि एक हप्तासम्म सञ्चालन गरिने पनि जनाइएको छ । सो दोस्रो चरणमा पाँच वर्ष मुनिका ४० लाख बालबालिकालाई दिइने छ। यसरी दुवै चरणमा गरेर दुई करोड भन्दा बढी बालबालिकालाई सो खोप दिइने भएको अधिकारीहरुले जनाएका हुन्।

यसअघि पनि यहाँको सरकारले पाकिस्तानको खैबर प्रान्तका बालबालिकालाई सो खोप दिएको थियो। पोलियाको प्रकोप देखिएका स्थानहरुमा सरकारले पोलियो खोप अभियान तत्कालै सञ्चालनमा ल्याएको छ।

प्रकाशित मिति: : 2023-03-13 17:39:00

प्रतिकृया दिनुहोस्