अन्नपूर्ण पोष्ट
मुलुकको राजनीति तरल छ। अस्थिर राजनीतिका कारण आम वितृष्णा बढेको छ। राजनीतिक दलहरूबीचको अन्तरद्वन्द्व चरम अवस्थामा छ। यस खालको तरल परिवेशमा गणतन्त्रात्मक व्यवस्था विरोधी शक्तिहरू सक्रिय हुन थालेका छन्। पूर्वराजा ज्ञानेन्द्रदेखि विवादास्पद छविका दुर्गा प्रसाईंहरूलगायतका राजावादीहरू भीड जम्मा गर्न लालायित छन्। यो भीड स्वतस्फुर्त नभई सुनियोजित देखिन्छ। जुन भीडप्रति गृह मन्त्रालयले सूक्ष्म निगरानी राख्न थालेको छ।
मेडिकल व्यवसायी प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने धम्की सार्वजनिकसमेत दिएका छन्। उनले खडा गरेको ‘कालोमोसो दस्ता’ अराजकताको दृष्टान्त हो। यद्यपि, कालो दस्ताका संयोजक शम्भु थापालाई मंगलबार पक्राउ गरिएको छ। जब राजनीतिले ठोस आकार लिन सक्दैन त्यसबेला चलखेल बढ्छ। मुलुकभित्र मात्र नभएर बाहिरका शक्तिको पनि चलखेल बढ्छ। निरंकुश राजतन्त्र होस् वा बेबी किङको सोचसहित संवैधानिक गणतन्त्रको वकालत गर्नेहरू जुर्मुराएका छन्। यसतर्फ गणतन्त्रवादी पक्षधर शक्तिहरू सजग हुनुपर्छ। एकजुट हुनुपर्छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया