नवनिर्वाचित राष्ट्रपतिकाे सपथ आइतबार

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेलकाे सपथ ग्रहण फागुन २८ गते आइतबार हुने भएकाे छ।

हालका राष्ट्रपति विद्यादेवी भण्डारीकाे कार्याकाल सकिने दिन नयाँ राष्ट्रपतिले सपथ ग्रहरण गर्ने भएका हुन्। निर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ ग्रहण गराउने व्यवस्था रहेकाे छ।

संविधानको व्यवस्थाअनुसार अब निर्वाचित हुने राष्ट्रपतिले कायमुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीबाट सपथग्रहण गर्नुपर्नेछ।

प्रकाशित मिति: : 2023-03-09 17:37:00

प्रतिकृया दिनुहोस्