राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

File Photo
File Photo

नेपालकाे तेस्राे राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा भएकाे निर्वाचनमा पौडेल ३३ हजार ८ सय २ मत सहित निर्वाचित भएका हुन्।

८ दलीय सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता पौडल गणतन्त्र नेपालकाे तेस्रो राष्ट्रपति बनेका हुन्।

पौडलका प्रतिस्पर्धी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत पाएका छन्। निर्वाचनमा ३ सय १३ सङ्घीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।  

पूर्व सभामुखसमेत रहेका पौडेललाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीको सहयोग रहेको थियो।

प्रकाशित मिति: : 2023-03-09 16:50:00

प्रतिकृया दिनुहोस्