राष्ट्र्रपति चुनाव: भाेट हाल्ने क्रममा लडेर घाइते भए सांसद न्यौपाने

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी राष्ट्रपति निर्वाचनका क्रममा लडेर मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते भएका छन्।

भाेट हालेर फर्किने क्रममा सिँढीमा लडेका उनकाे टाउकाेमा चाेट लागेकाे छ। उनी के करणले लडेका हुन भन्ने खुलेकाे छैन।

उनलाई उपचारकाे लागि सिभिल सर्भिस अस्पतालमा लगिएकाे छ।

न्यौपाने सप्तरी- ४ (१) बाट निर्वाचित नेकपा (एकीकृत समाजवादी)का सांसद हुन्।

प्रकाशित मिति: : 2023-03-09 12:24:00

प्रतिकृया दिनुहोस्