सुदूरपश्चिमको एक विकट जिल्लाकी १८ वर्षीया महाकाली (परिवर्तित नाम) ले उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर झर्न परिवारभित्रै कडा संघर्ष गर्नुपर्यो । टाढाको शहरमा छोरीलाई एक्लै पठाउन बुबाआमाको मनले मानिरहेको थिएन ।
घर नजिक राम्रो कलेज थिएन, भविष्य सम्झँदा घरमै राखिराख्न पनि परिवारलाई उचित लागेन । एक जना नातेदार कहाँ बसेर पढ्ने विकल्प जुर्यो । तर, उच्च शिक्षा अध्ययनका लागि एक्लै भए पनि बस्ने आँट गरेकी छोरीले महेन्द्रनगर गएलगत्तै जस्तो घटनाको सामना गर्नुपर्यो, त्यो कल्पना गरेको विषय थिएन ।