अमेरिकाकाे राष्ट्रिय ऋण बढ्नुमा ट्रम्प र जर्जकाे प्रमुख भूमिका रहेकाे हेलीकाे दाबी

Photo: Agency
Photo: Agency

सन २०२४ को राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारको दाबेदार निक्की हेलीले राष्ट्रिय ऋण १० हजार अर्ब डलर थपेर २३ हजार अर्ब पुर्‍याउनुमा रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्ज डब्लु बुशको प्रमुख भूमिका रहेको बताएकी छन।

सिएनएनसँगको कुराकानीमा हेलीले भनिन, ‘आउँदो दश वर्षमा राष्ट्रिय ऋण ३१ हजार अर्ब डलर पुग्ने अनुमान गरिएको छ।’

यस्तै प्रकारले अमेरिकी डलरको अबमुल्यन हुँदै जाने हो भने आउँदो २५ वर्षमा अमेरिकी डलर शक्तिशाली नुहने तर्क गर्दै हेली ले भनिन ‘अमेरिकी समाजमा शान्ति कायम गर्ने हो बने प्रत्येक नागरिकलाई आर्थिक स्वतन्त्रता प्रदान गर्नु अनिवार्य छ।’

यसैबीच पूर्व राष्ट्रपति ट्रम्पले पनि आउँदो चुनावमा आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन।

सन २०२० को चुनाव परिणाममा हेराफेरीको प्रयास गरेको र सरकारी गोप्य कागजपत्रको फोटोकपी गरेर आफूसँग राखेको आरोपमा एफबिआइले छानबिन गरिरहेको भए पनि ट्र्म्पले आफूपछि नसर्ने दाबी गरे।

उनले भने, ‘अमेरिका र अमेरिकी समाजको लागि मैले जे गर्नुपर्ने हो, त्यो पूरा नभएको कारण मैले पुन: एकपटक राष्ट्रपति हुनुपर्छ।’

प्रकाशित मिति: : 2023-03-08 16:45:00

प्रतिकृया दिनुहोस्