एमालेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने 

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा एमालेले विश्वासकाे मत नदिने निर्णय गरेकाे छ। 

संसदीय दलको बैठकले निर्णय गरेकाे अनुसार शाहलाई विश्वासको मत सम्बन्धमा विपक्षमा मतदान गर्ने निर्णय गरेकाे हाे। 

नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका शाहले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने तयारी गरेका हुन्। तर यसमा एमालेले विश्वासको मत नदिने तय गरेकाे हाे। 

प्रकाशित मिति: : 2023-03-05 10:05:00

प्रतिकृया दिनुहोस्