दशैँ सुरु हुनु पाँच दिन मात्र बाँकी रहँदा काठमाडौँको कपनमा साँझ ६ बजेतिर अकस्मात् ठुलो आवाजका साथ लगातार विस्फोटको आवाज आयो। प्रत्यक्षदर्शीहरूका अनुसार आवाजसँगै भुईँचालो आए जस्तै जमिन पनि हल्लिएको थियो।
असोज ५ को त्यो साँझ कपनको लसुनटारस्थित टङ्क घिसिङको साढे तीन तल्लाको पक्की घर दनदनी बलेको देखे छिमेकीहरूले।