अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्धको मुद्दा जितेकी छन्।
काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेसँगै उनले छविको आधा सम्पत्ति पाउने भएकी छिन्। सम्पत्ति पाएसँगै उनले छविलाई लागेको ऋण पनि आधा व्यहोर्नुपर्ने भएको छ।
त्यसैगरी अदालतले उनीहरुको डिभोर्स पनि टुंग्याइदिएको छ। अभिनेत्री रेखा थापासँग डिभोर्सपछि छविले चौथो श्रीमतीका रूपमा शिल्पासँग विवाह गरेका थिए।