६० वर्षपछि नाेकियाकाे लाेगाे परिवर्तन

टेलिकम निर्माता कम्पनी नाेकियाले लाेगाे (चिन्ह) परिवर्तन गरेकाे छ।

नयाँ व्यापारिक रणनीतिअनुसार नाेकियाले ६० वर्षपछि पहिलाे पटक आफ्नाे लाेगाे परिवर्तन गरेकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ।

नाेकियाले आफ्नाे पुरानाे लाेगाे परिवर्तन गरेर ‘NOKIA’ शब्द लेखिएकाे लाेगाे सार्वजनिक गरेकाे छ। नाेकियाले आफ्नाे निलाे रङलाई पनि लाेगाेकाे दायराबाट हटाएकाे छ।

‘स्मार्ट फाेनकाे सम्बन्धमा हामीले नयाँ व्यवसायिक रणनीतीअनुसार लाेगाे परिवर्तन गरिएकाे छ,’ कम्पनीका प्रमुख कार्यकारी पेक्का लुन्डमार्क राेयटर्ससँग भनेका छन्।

उनकाअनुसार नाेकियाले गत वर्ष व्यापारमा २१% वृद्धि गरेकाे थियाे। गत वर्षकाे व्यापार वृद्धिलाई दाेहाेर अंकमा वृद्धि गर्न नयाँ रणनीति अपनाइएकाे हाे।

सन १८६५ देखि नाेकियाले केबल, कागजका उत्पादनहरू, रबरको बुटहरू, टायरहरू, टेलिभिजनहरू र मोबाइल फोनहरूलगायत उपकरणहरु उत्पादन गर्दै आएकाे छ।

नोकिया मोबाइल फोन १९९६ देखि २००१ सम्म विश्व बजारमा अग्रणी स्थानमा रहेकाे थियाे। सन २००७/००८ तिर एप्पल र एन्ड्रोइड स्मार्ट फाेनको आगमनपछि नोकिया बिस्तारै ओरालो लाग्दै आएकाे थियाे।

फाेन एन्ड्रोइडमा नबदलिनु, नवीनताको कमी, सफ्टवेयर अपग्रेड नगर्नु र ब्राण्ड मूल्यलाई बढी अनुमान गर्नु नोकियाको असफलताको प्रमुख कारणहरू रहेकाे अध्ययनले देखाएको छ।

प्रकाशित मिति: : 2023-02-26 19:17:00

प्रतिकृया दिनुहोस्