भूमाफिया काशी घिमिरेले १४ परिवारको जग्गाको फर्जी लालपूर्जा बनाएर लिए दुई करोड ७० लाख ऋण, उजुरी पर्ने थाहा पाएपछि सम्पर्कविहीन

उकेरा

विकाश पराजुली

तिलोत्तमा नगरपालिकाको मुख्य बजार क्षेत्र मणिग्रामदेखि पश्चिम तिनाउ नदीतर्फ जाने पुरानो सडक छ। त्यहाँबाट चार किलोमिटर अगाडि गएपछि गोर्कटा चोक पुगिन्छ। गोर्कटाबाट करिब पाँच मिटर दक्षिण लागेपछि एउटा सानो गाउँ आउँछ- हरपुर।

सोही हरपुर गाउँका १४ परिवारको १७ कट्ठा १० धुर जग्गाको काशी घिमिरेले ग्रिनल्याण्ड विल्डर्सको नाममा नक्कली लालपूर्जा बनाएर सोही जग्गा धितोमा राखी काठमाडौंको काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाबाट दुई करोड ७० लाख ऋण लिइएको पाइएको छ।

सहकाली सहकारीका कर्जा सहायक विकास थापाले ग्रिनल्याण्ड विल्डर्सले २०७८ साल फागुन २२ गते ऋण लिएको बताए।

प्रकाशित मिति: : 2023-02-26 16:51:00

प्रतिकृया दिनुहोस्