जुम ब्यूटी एकेडेमीले ‘लिप ब्लसिङ’ ल्याएको छ।
ओठलाई ‘पर्मानेन्ट’ आकर्षक राख्नका लागि जुमले ‘लिप ब्लसिङ’ ल्याएको हो।
चुरोट पिएर भएको कालो र निलो ओठलाई सदाबहार ‘गुलाबी’ बनाउनका लागि ‘लिप ब्लसिङ’ ल्याएको एकेडेमीले जनाएको छ।
त्यसैगरी लिप ब्लसिङ गरेको ओठमा ‘लिपस्टिक’ लगाउनु नपर्ने पनि एकेडेमीले जनाएको छ। उक्त ओठको ‘ट्रीटमेन्ट’ ले दुखाई नहुने र कुनै असर नगर्ने जुमको दाबी छ।
एकपटक गरेको ‘लिप ब्लसिङ’ तीन वर्षसम्म टिक्न बताइएको छ।