एन्फाका महासचिव र कोषाध्यक्षलाई बर्खास्त गर्न माग 

आखिल नेपाल फुटबल सघं (एन्फा)का महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्न एन्फाका १२ पदाधिकारीले पत्र लेखेका छन्।

उनीहरुले शुक्रबार महासचिव राई र कोषाध्यक्ष जोशीलाई बर्खास्त गर्न एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र पठाएका हुन्। उनीहरुले ६ एजेन्डा थप गर्न माग गर्दै पत्र पठाएका हुन्।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्गा, उपाध्यक्ष दिपक खतिवडा, उपाध्यक्ष दिर्घ बहादुर केसी, सदस्य रुपेश अधिकारी, सदस्य भरतबुढा थापालगायतका पदाधिकारीहरुले पत्र बुझाएका हुन्।

एन्फाको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दै छ। 

प्रकाशित मिति: : 2023-02-24 18:04:00

प्रतिकृया दिनुहोस्