'रिर्पाेटिङ' काे क्रममा पत्रकारको गोली हानी हत्या 

Photo–AP
Photo–AP

फ्लोरिडाको ओर्लान्डोमा दुई पत्रकारमाथि बन्दुकधारीले गोली चलाएकाे छ।

बुधबार ओर्लान्डोमा भएको हत्याकाे रिपाेटिङ गर्न गएका पत्रकारलाई बन्दुकधारीले गोली हान्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

अधिकारीहरुका अनुसार बन्दुकधारीले ९ वर्षिया बालिका र उनकी आमालाई पनि गोली हानी घाइते बनाएका छन्।

१९ वर्षीय बन्दुकधारी किथ मेल्भिन मोसेस बुधवारको घटना लगत्तै पक्राउ गरिएको ओरेन्ज काउन्टीका शेरिफ जोन मिनाले भने।

मोसेस २० वर्षिया महिलाको हत्यामा संलग्न भएको प्रहरीले केहि घण्टा अघि मात्र पुष्टि छ। उक्त हत्याको रिपाेटिङ गरिरहेका दुई पत्रकारमाथि मोसेसले गोली प्रहार गरेको शेरिफ मिनाले बताए।

घटनामा परेका 'स्पेक्ट्रम न्यूज १३' का रिपोर्टर र फोटोग्राफर लगायत अन्य पीडितहरूको पहिचान हुन सकेको छैन।

मोसेसलाई हिरासतमा लिँदा उनीका साथबाट एक थान पेस्तोल बरामद भएको मिनाले बताए।

मोसेसविरुद्ध दर्ता भएको आरोप लामो रहेको ओर्लान्डो प्रहरी विभागले जनाएको छ। उनीविरुद्ध बन्दुक अपराध, कुटपिट, घातक हतियारको प्रयोग गरि आक्रमण, चोरी र डकैती जस्ता आरोप लागेकाे छ।

हत्याको पछाडि कुनै उद्देश्य नरहेको मिनाले बताए। तर हत्या भएकी महिला र मोसेस बीच चिनजान रहेको र अर्को एक व्यक्तिसँग कारमा बसिरहेको बेला उक्त घटना घटेको मिनाले बताए। 

गोलीबारीमा परेका दुई व्यक्ति पत्रकार भएकाले निशाना (टार्गेट) बनेकाे मिनाले बताए। ती पत्रकार चढेको गाडीमा उनको च्यानलको नाम नलेखिएको शेरिफले जानकारी दिए।

मोसेसले गोली प्रहार गर्दा पत्रकारहरु आफ्नो गाडीको आसपास रहेकाे बताउँदै शेरिफले भने, 'जहाँसम्म हामीलाई थाहा छ, मोसेसको पत्रकारहरूसँग कुनै सम्बन्ध थिएन र आमा वा नौ वर्षको बच्चासँग पनि कुनै सम्बन्ध थिएन तर हत्यारा उनीहरूको घरमा किन पसेको हामीलाई थाहा छैन।'

त्यसैगरी आमा र घाइते पत्रकार दुवैको अवस्था गम्भीर रहेको उनले बताए। (एजेन्सीको सहयोगमा)

 

प्रकाशित मिति: : 2023-02-23 12:46:00

प्रतिकृया दिनुहोस्