टर्कीमा फेरि शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु

File Photo
File Photo

टर्कीएमा पुनः शक्तिशाली भूकम्प भएको छ। दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविन्दु बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ। भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो।

सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। गत माघ २३ गते टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन्।

टर्कीएका गृहमन्त्री सुलेमान सोयलुले सोमबारको भूकम्पमा परी घाइते भएका दुई सय १३ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन्। सिरियामा एक सय ३० जना घाइते भएका तथा अघिल्लो भूकम्पबाट जीर्ण भएका केही भवन पूर्ण रूपमा भत्किएका छन्। 

प्रकाशित मिति: : 2023-02-21 13:30:00

प्रतिकृया दिनुहोस्