अमेरिकी राष्ट्रपति बाइडनकाे युक्रेनमा सरप्राइज भ्रमण

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एकवर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेन पुगेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो टेलिग्राम खातामा बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए।

'जोसेफ बाइडन, कीएभमा स्वागत छ! तपाईँको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण सङ्केत हो,' उनले लेखेका छन्।

पोलिश समकक्षी आन्जेइ दुदालाई भेट्न युक्रेनको छिमेकी राष्ट्र पोल्यान्ड पुगेका अमेरिकी राष्ट्रपति अकस्मात् किएभ पुगेका हुन्।

अघोषित किएभ भ्रमण गरेका बाइडन हाल त्यहाँबाट फर्किसकेको बताइएको छ।

प्रकाशित मिति: : 2023-02-20 20:25:00

प्रतिकृया दिनुहोस्