किशोरावस्थामा बारम्बार यी व्यवहार देखिएमा हुन सक्छ मनोरोग

रातोपाटी

माया श्रेष्ठ

बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिँदैन भ्रम अभिभावकहरूमा हुने गरेको मनोचिकित्सकहरू बताउँछन्। यद्यपि बालबालिकामा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या देखिने क्रम बढ्दो रहेको उनीहरूको भनाइ छ।

बालबालिका तथा किशोरकिशोरीमा पनि मनोरोग लाग्ने  कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डाक्टर उत्कर्ष कार्की बताउँछन् ।

५० देखि ६० प्रतिशत मनोरोगका समस्या १४/१५ वर्षको उमेर सुरु हुने विभिन्न अध्ययनहरूले देखाएको छ । डा. कार्कीका अनुसार बालबालिकामा मनोरोगको प्रस्तुति फरकफरक उमेरमा फरक हुन्छ । १८ वर्ष मुनिका बालबालिकामा विभिन्न खालका समस्या देखिँदा समेत परिवारले सामान्य ठान्दा मानसिक स्वास्थ्य जटिल बन्न सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति: : 2023-02-20 10:42:00

प्रतिकृया दिनुहोस्