सनीराज शाक्य
नेपाली सेनाले २६०औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।
सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहका बीच महाशिवरात्रि तथा सेना दिवस मनाएकाे हाे।
समारोहमा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गरिएकाे थियाे चने राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरिएकाे थियाे। त्यसैगरी सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेकी थिइन्।
समारोहमा सेनाले विभिन्न रणकौशल तथा परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेका थियाे। कार्यक्रममा मार्चपास, पिटी र तेक्वान्दो प्रस्तुत गरिएकाे थियाे। सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो।
























आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया