टुँडिखेलमा सेना दिवस (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

नेपाली सेनाले २६०औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।

सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहका बीच महाशिवरात्रि तथा सेना दिवस मनाएकाे हाे।

समारोहमा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गरिएकाे थियाे चने राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरिएकाे थियाे। त्यसैगरी सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेकी थिइन्।

समारोहमा सेनाले विभिन्न रणकौशल तथा परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेका थियाे। कार्यक्रममा मार्चपास, पिटी र तेक्वान्दो प्रस्तुत गरिएकाे थियाे। सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो। 

प्रकाशित मिति: : 2023-02-18 15:59:00

प्रतिकृया दिनुहोस्