चाैथाे संस्करणकाे 'कर्णाली उत्सव' फागुन ५ बाट हुँदै 

फाइल तस्बिर
फाइल तस्बिर

लगातार तीन वटा संस्करण पूरा गरेकाे कर्णाली उत्सव: कुणा कर्णालीकाे चाैथाे संस्करण फागुन ५ देखि ७ सम्म हुँदैछ। 

कर्णाली प्रदेशकाे राजधानी सुर्खेतको बुलबुले उद्यानमा उत्सव हुने कर्णाली उत्सवका संयोजक कमल लम्सालले जानकारी दिए।

उनका अनुसार उत्सवकाे सबै तयारी पूरा भएकाे छ। अधिकांश उत्सवमा नाचगान रमाइलाे हुने भएपनि कर्णाली उत्सवमा विचारकाेमन्थन हुँदै आएकाे छ। 

'उत्सवले कर्णालीकाे भाषा, संस्कृति, सभ्यता र संस्कार लगायतका विषयमा गहन छलफल चलाइरहेकाे छ,' उनले भने, 'विगतका तीन वटा संस्करणका हामीले कर्णालीका गहन विषयमा पेचिलाे छलफल चलायाैं। याे त्यसैकाे निरन्तरता हाे।'

यसपालिकाे उत्सवमा कर्णाली चिन्तन, कर्णाली खेल्दो छ, यो शहर, त्यो रहर, भोट र भेट, शिक्षा र समर्पण, दलित र दलिल, भोक र भोजन, रेडियोको रस, सङ्घीयताको पाँच वर्ष: कति विस्मात, कति वर्ष, कर्णाली नदी प्रणाली, कर्णालीमा लगानी, रूपान्तरण र पुस्तान्तरण, सग्लो समाज: सङ्लो राजनीति, समावेशी शासन, डिजिटल डेमोक्रेसी, कर्णालीदेखि काठमाडौँसम्म गरी १६ वटा सत्र रहने कर्णाली उत्सवका प्रबन्ध निर्देशक दिनेश गाैतमले जानकारी दिए।

तीन दिनसम्म संचालन हुने हरेक सत्रकाे बीचमा कर्णाली चिनाउने व्यक्तित्वलाई पैकलोको रुपमा प्रस्तुत गर्ने गरिएकाे आयाेजकले जनाएकाे छ। यसपालि तीनै दिन जुम्ला तातोपानी गाउँपालिकाको पञ्चेबाजा घन्किएसँगै उत्सव प्रारम्भ हुनेछ।

प्रकाशित मिति: : 2023-02-16 07:52:00

प्रतिकृया दिनुहोस्