बालाजुमा प्रहरीको गाडी जलाउने ६ जना पक्राउ

शनि शाक्य

काठमाडौं

काठमाडौँको बालाजुस्थित माछापोखरीमा प्रहरीको गाडी,प्रहरीबिट तथा तोडफोडका र आगजनी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार पत्रकार सम्मेलनमार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेका हो। 

पक्राउ पर्नेमा उदयपुर घर भई तारकेश्वर बस्ने विक्रम राई नुवाकोट घर भई बानियाटार बस्ने रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने विवेक श्रेष्ठ, काभ्रे घर भई बालाजु बस्ने राजेश तामाङ, प्युठान घर भई गेंगबु बस्ने दीपेन्द्र पुन मगर र काभ्रे घर भई गंगाहल बस्ने आशिष खड्का रहेका छन्। 

पक्राउ परेकाहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम ३ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ।सो घटनामा संलग्न रहेको आशंकामा अन्य १० जनामाथि पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-02-15 18:19:00

प्रतिकृया दिनुहोस्