बीबीसीकाे 'दिल्ली–मुम्बई' कार्यालयमा आयकर विभागको छापा

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)को दिल्ली र मुम्बई कार्यालयमा भारतीय आयकर विभाग (आईटी)ले छापा मारेको छ।

केन्द्रीय विभागबाट खटिएका अधिकारीहरूले बीबीसी दिल्ली र मुम्बईमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको मोबाइल–फोन जफत गरेका छन्।

बीबीसीकाे भारत ब्यूराे कार्यालयले कर छली गरेको विषयबारे अनुसन्धान भइरहेकाे भारतीय आईटीका अधिकारीहरूले जनाएका छन्।

बीबीसीको कार्यालयमा अहिले प्रवेश बन्द गरिएको बताइएको छ।

सन् २००२ मा गुजरातमा भएको साम्प्रदायिक दंगामा प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकाबारे बीबीसीले जनवरीमा दुई भागको वृत्तचित्र सार्वजनिक गरेको थियो।

वृत्तचित्रको पहिलो एपिसोड जनवरी १७ मा सार्वजनिक भएको थियो। तर, वृत्तचित्रलाई केही दिनअघि केन्द्र सरकारले प्रतिबन्ध लगाएको थियो। 

आम सञ्चारबारे वकालत गर्ने थुप्रै संस्था तथा विपक्षी दलका नेताहरूले उक्त कदमलाई प्रेस स्वतन्त्रता माथि जानिबुझी गरिएको हमलाको संज्ञा दिएका छन्।

प्रकाशित मिति: : 2023-02-14 13:00:00

प्रतिकृया दिनुहोस्