सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै

फाइल तस्विर
फाइल तस्विर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज (बुधबार) विश्वासको मत लिँदै छन।

पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन लागेका हुन। संवैधानिक व्यवस्थाअनुसार उनी १ महिनाभित्रै अर्थात् माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ।

मुख्यमन्त्री रावलले एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भए पनि सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने मत नदिने सङ्केत गरेको छ।

५३ जना प्रदेशसभा सदस्य रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्दछ। यहाँ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९ प्रदेश सभा सदस्यसहित प्रतिपक्षमा छ।

यहाँ एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जना प्रदेशसभा सदस्य छन्। यस्ताे अवस्थामा एमालेका रावललाई नागरिक उन्मुक्ति पार्टीले मत नदिए विश्वासकाे मत प्राप्त गर्न कठिन हुनेछ।

नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग र मुद्दा सम्बोधन नभएसम्म विश्वासको मत दिन नसकिने अडान कायमै राखेकाे छ।

नागरिक उन्मुक्तिका सबै सांसद अहिले काठमाडौँमा छन। उनीहरू प्रदेशसभा बैठकमा सहभागी हुने वा नहुने निश्चित छैन।

प्रकाशित मिति: : 2023-02-08 08:10:00

प्रतिकृया दिनुहोस्