उपचार खर्च नहुँदा मृत्युकाे मुखमा जुम्लाकी ममता

कनकासुन्दरी गाउँपालिका -५ लुड्कुकी १३ वर्षिया ममता बुढा आर्थिक अभावका कारण मृत्युको मुखमा पुगेकी छन्। 

बाँयापट्टीकाे फोक्सो सुकेको, टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँ पट्टीको शरीर चल्न छोडेको लगायतकाे रोगबाट ग्रसित ममता विगत पाँच दिनदेखि यता कोहलपुर मेडिकल कलेजको आइसियूमा बेहाेस अवस्थामा छिन्।  

आइसियूमा उपचार भइरहे पनि अझै हाेस नखुलेको ममताका मामा सन्तोष बाेहाेराले जानकारी दिए।

'डाक्टरहरकाे सल्लाहअनुसार भेन्टिलेटरमा लिनुको विकल्प छैन् रे। चारदिन देखि हाेस खुलेकाे छैन,' उनले भने, 'भेन्टिलेटरमा प्रतिदिन १४ हजार बढी खर्च लाग्ने देखिन्छ। घरको आर्थिक अवस्था कमजोर छ।'

भेन्टिलेटर राख्नलाई पैसा नहुँदा ममता मृत्युुकाे मुखमा पुगेकी छन्। 

ममताका बुवा खुम बहादुर  छोरीकाे अवस्था देखेर हाेसमा छैनन्। इन्डिया गएर सामान्य व्यापार गरि परिवार चलाउँदै आएका उनी छोरीको उपचारमा मनग्ये खर्च गर्न सक्ने अवस्थामा छैनन्। 

गाउँले साथी भाइको सहयोगमा आइसियूमा राखेर उपचार भएपनि हाेस नखुलेपछि भेन्टिलेटरमा लिनुपर्ने बाध्यता आइलागेकाे बाेहराले बताए। 

'आर्थिक अभावले भेन्टिलेटरमा लिन नसकेर जिउँदो लास जस्तै बिरामी पल्टिरहेको हेर्नुपर्ने बाध्यता आइलागेको छ,' उनले भने।

प्रकाशित मिति: : 2023-02-08 07:01:00

प्रतिकृया दिनुहोस्