साफ यू–२० च्याम्पियनसिप: भारतलाई ३-१ ले हराउँदै नेपाल फाइनलमा

photo : anfa
photo : anfa

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई ३- १ ले हराउँदै फाइनलमा पुगेको छ।

बंगलादेशको राजधानी ढाकाको विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले भारतलाई हराएको हो। नेपालकी अन्जली चन्द,  कप्तान प्रिती राई र अमिषा कार्कीको एक एक गोलले नेपाल फाइनलमा पुगेको हो।

यसअघि नेपालले भुटानलाई ४-० ले हराएको थियो। 

प्रकाशित मिति: : 2023-02-07 16:43:00

प्रतिकृया दिनुहोस्