लमजुङमा फागुन ११ गतेदेखि १४औं पटक हात्तीपाइले विरुद्धको औषधी खुवाइने

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

लमजुङमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको आम औषधी खुवाइने भएको छ। 

लमजुङका वासिन्दालाई १४ औं पटक औषधी खुवाइने भएको हो। 

हात्तीपाइले रोग निवारण हुन नसकेका जिल्लामा औषधी खुवाउने कार्यक्रम अन्तर्गत यसको तयारीका लागि स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय योजना तर्जुमा गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए।

लमजुङको धमिलिकुवा र चक्रतीर्थमा गत मंसिरमा गरिएको हात्तीपाइले रोगको सर्वेक्षणमा प्रकोपदर १ प्रतिशतभन्दा कम देखिएको छ।

निवारणका लागि फागुनमा औषधी खुवाइने र त्यसपछि ६ महिनामा पुनः परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। ६ महिनामा प्रकोपदर १ प्रतिशत भन्दा बढी देखिए अर्को वर्ष पनि औषधी खुवाइने र कम देखिए २ वर्षपछि परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-02-04 07:40:00

प्रतिकृया दिनुहोस्