बिएल संवाददाता
अमेरिकी आकाशमा संदिग्ध चिनियाँ बेलुन उडिरहेको घटनाले अमेरिकामा एक किसिमको राजनीतिक तरङ्ग उत्पन्न भएको छ । यसले यसै पनि चिसो रहेको अमेरिका र चीनको सम्बन्ध थप चिसिएको छ ।
अमेरिकाले बेलुनमार्फत चीनले जासुसी गरिरहेको आशंका गरेको छ भने चीनले बेलुन मौसम अनुसन्धानका लागि प्रयोग गरिएको बताएको छ। शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै सीमित स्टेयरिङ क्षमता भएको बेलुन हावाले योजनाबद्ध मार्गबाट टाढा धकेलिएको बताएको छ । उसले घटनाप्रति खेद प्रकट गर्दै यसलाई अन्यथा नबुझ्न आग्रह गरेको छ ।
चीनको यो स्पष्टिकरणबाट अमेरिका पूर्णत: सन्तुष्ट नभए पनि केही आश्वस्त भएको देखिन्छ ।
यसैबीच बेलुनलाई मोन्टानामा गोली हानेर खसाल्ने निर्णयबाट अमेरिका पछाडि हटेको छ । बेलुन खसाल्दा अमेरिका चीन सम्बन्धमा तनाव बढ्ने मात्र हैन, त्यसबाट सिर्जना हुन सक्ने सम्भावित मानवीय जोखिम पनि हुन सक्ने देखिएपछि अमेरिका पछि हटेको अनुमान गरिएको छ ।
अमेरिकी आकाशमा संदिग्ध चिनिया बेलुन देखिएपछि अमेरिका-चीन सम्बन्धमा तनाव बढेको छ । चीनले बेलुन आफ्नो भएको बताउँदै हावाले धकेलिएर अमेरिका पुगेकोमा खेद प्रकट गरेको छ । तर, त्यतिमा सन्तुष्ट नभएको अमेरिकाले भने विदेशमन्त्री ब्लिआकनको आसन्न चीन भ्रमण नै रद्द गरेको छ ।
यसरी तत्कालका लागि केही अप्रिय घटना नघटे पनि अमेरिका र चीनको सम्बन्धमा भने तनाव अरू बढेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको आसन्न बेइजिङको यात्रा स्थगित भएको छ ।राष्ट्रपति बाइडेन, विदेशमन्त्री ब्लिन्केन र शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी संलग्न बैठकले ब्लिन्केनको चीन भ्रमण स्थगित गर्ने निर्णय गरेको हो ।
नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेटपछि सुधारिदै गएको अमेरिका र चीनबीचको सम्बन्ध यो घटनाबाट फेरि उल्टो दिशामा धकेलिएको अनुमान गरिएको छ ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया