नियन्त्रित लागूऔषधसहित काठमाडाैंबाट ५ जना पक्राउ

शनि शाक्य

काठमाडाैं

प्रहरीले काठमाडौंकाे विभिन्न स्थानबाट लागु औषधसहित पाँचजनालाई पक्राउ गरेकाे छ। 

प्रहरीले विशेष सूचनाको आधारमा लागु औषध कारोबार, बिक्री वितरण तथा ओसार-पसारको अनुसन्धान गर्दै जाँदा लागुऔषध नियन्त्रण ब्युराेकाे टाेलीले पाँचजनालाई पक्राउ गरेकाे हाे।  

पक्राउ हुनेमा सर्लाही हरिवन न.पा. वडा नं. ८ का कैलाश बि.क, सिन्धुली कमलामाई न.पा. वडा नं. ४ का मनोज थापा मगर, राम कुमारश्रेष्ठ,  सिरहा गोलबजार घर भएका सिकेन्द्र साफी र सिन्धुली कमलामाईका बिमल चौहान रहेका छन्।  

प्रहरीले उनीहरूकाे साथबाट नियन्त्रित लागु औषध ६६०० एम्पुल र ८७.५ ग्राम  खैरो हेरोईन बरामत गरेकाे छ। लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।१७ गते जिल्ला काठमाडौ, का.म.न.पा. वडा नं. - १४ टेकु स्थितसडक किनारमा रोकी राखेको बिरगञ्जबाट काठमाण्डौ चल्ने ना.१ ज.५५२४ नम्वरको भाडाको टाटा सुमो गाडी खानतलासी गर्दा उक्त गाडी भित्र झोलामा लुकाई राखेको नियन्त्रित लागु औषध बुप्रेनोर्फिन (नुफिन) २ एमल को २२०० एम्पुल, डाईजेपाम २ एमल को २२०० एम्पुल, फेनारगन २ एमल को २२०० एम्पुल समेत गरी कुल ६६०० एम्पुल तथा गाडी बरामद गरी गाडी चालक कैलाश बि.क. लाई पक्राउ गरेकाे थियाे। 

यसैगरी प्रहरीले २०७९।१०।१५ गते जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं. -७ गौरीघाट स्थित सडक किनारबाट जिल्ला सिन्धुली, कमलामाई न.पा. वडा नं. ४ स्थायी ठेगाना भएका बर्ष ३५ को मनोज थापा मगर र ऐ. ठेगाना भएका बर्ष ३३ को राम कुमार श्रेष्ठ सँग साथै रहेको अबस्थामा मनोज थापा मगरको साथबाट लागु औषध खैरो हेरोईन २ ग्राम र राम कुमार श्रेष्ठको साथवाट नगद रू. १,६७,५०० (एकलाख सतसठ्ठी हजार पाँचसय) बरामद गरी पक्राउ गरिएकोमा निजहरु मध्ये राम कुमार श्रेष्ठको जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा न.पा.वडा नं. ८ स्थितमा रहेको डेराकोठा खानतलासी गर्दा लागु औषध खैरो हेरोईन २५ ग्राम र डिजिटल तराजु थान- १ समेत बरामद गरि निजहरुलाई तत्काल सोधपुछ अनुसन्धान गर्दा निजलाई उक्त बरामद लागु औषध खैरो हेरोईन बिक्री गर्ने जिल्ला सिरहा, गोलबजार न.पा.वडा नं. ८ स्थायी ठेगाना भएका बर्ष ३५ को सिकेन्द्र साफीलाई समेत खोजतलास गर्दै जाँदा ऐ. मितिमा बुद्द एयरको उडानद्दारा जनकपुरबाट काठमाडौं आएको अबस्थामा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर काठमाडौंको आन्तरिक टर्मिनल कक्ष तर्फको ट्याक्सी पार्किङबाट लागु औषध खैरो हेरोईन ५० ग्राम सहित पक्राउ गरेकाे थियाे। 

उनीमाथि लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको  प्रहरीले  जनाएकाे छ। 

प्रकाशित मिति: : 2023-02-03 18:38:00

प्रतिकृया दिनुहोस्