एउटा दुर्लभ खालको हरियो पुच्छ्रेतारा हाम्रो सौर्यमण्डलमा फेरि आइपुगेको छ। फेब्रुअरी १ मा यो खगोलीय पिण्ड उत्तरी गोलार्धमा खाली आँखाले नै देख्न सकिने आशा गरिएको छ।
पुच्छ्रेतारालाई धूमकेतु पनि भनिन्छ। यो धूमकेतु पृथ्वीनजिकै रहेको बाह्य अन्तरिक्षमा ५०,००० वर्षपछि पहिलो पटक आइपुग्न लागेको हो। अनि यो त्यहाँ झन्डै एक महिनासम्म रहने अनुमान गरिएको छ।
अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूका अनुसार उक्त पुच्छ्रेतारा गत वर्ष मार्च महिनामा पहिलो पटक देखिएको थियो। त्यतिबेला उक्त पिण्ड बृहस्पति ग्रहको कक्षभित्र थियो।
यो पुच्छ्रेतारा बरफले बनेको छ।