गोरखनाथ मन्दिरमा आक्रमण गरेपछि भारतीय अदालतले सुनायो मृत्युदण्डको सजाय

गोरखनाथ मन्दिरमा भएको आक्रमणका आरोपी अहमद मुर्तजा अब्बासीलाई भारतीय अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

अब्बासीले गतवर्ष अप्रिलमा मन्दिरको सुरक्षामा खटिएका पीएसी हवलदार अनिलकुमार पासवानमाथि चक्कु प्रहार गरेका थिए। लखनउको एनआईए अदालत स्रोतकाअनुसार उनको हतियार पनि खोस्ने प्रयास गरेका थिए।

एनआईएका विशेष न्यायाधीश विवेकानन्द शरण त्रिपाठीले अब्बासीलाई सोमबार मृत्युदण्डको सजाय सुनाएका हुन्। गोरखनाथ मन्दिरमा भएको घटनालाई देशविरुद्ध युद्ध छेड्ने प्रयास गरेको घटनाका रुपमा हेरिएको छ।

प्रकाशित मिति: : 2023-01-30 18:14:00

प्रतिकृया दिनुहोस्