भारतः स्वास्थ्य मन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

भारतीय राज्य ओडिसाका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री नवकिशोर दासमाथि गोली प्रहार भएको छ। 

आइतबार दिउँसो ब्रजराजनगरमा अज्ञात समूहले उनीमाथि गोली चलाएका हुन्। 

भारतीय मिडिया स्रोतका अनुसार प्रहरीको भेषमा आएका गुण्डाहरूले मन्त्री दासलाई लक्षित गरेर ४–५ राउन्ड गोली चलाएका थिए। उनको छातीमा गोली लागेको बताइएको छ। 

मन्त्री दासलाई अहिले असपतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति: : 2023-01-29 13:39:00

प्रतिकृया दिनुहोस्