बिएल संवाददाता
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेर नेपाली नागरिकका रुपमा सबै सेवा लिइरहेका रवि लामिछानेको उपप्रधान एवं गृहमन्त्री तथा सांसद पद खारेज भएको छ।
पद खारेज भएसँगै लामिछाने राजीनामा दिन बालुवाटार जाने भएका छन्। उनका स्वकीय सचिव प्रकाश सिग्देलले लामिछाने पदबाट राजीनामा दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै गरेको बताए।
संवैधानिक इजलासको फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ। त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन्।
लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया