बिएल संवाददाता
माया खोला हाइड्रोपावर कम्पनीले माघ १३ गते शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले आयोजन प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पूँजी ३४ प्रतिशत अर्थात १ अर्ब रुपैयाँको सेयर बिक्री गर्नलागेको हो। स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु, सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीका लागी प्रतिकित्ता १०० रुपैयाँ अंकित ३४ करोडको सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ।
सोमध्ये स्थानीय क्षेत्रका आयोजना प्रभावितका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ। यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुका लागी २ लाख ४० हजार कित्ता सेयर छुट्याइएको हो।
साथै, १ लाख २० हजार कित्ता सेयर सामूहिक लगानी कोष र ४२ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यसैगरी स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई बाँडफाँट गरेपछि सर्वसाधारणका लागी कम्पनीले बिक्री खुलाउनेछ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया