काठमाडौं । नेपाल प्रहरीका सई कुवेर कार्की हत्या अनुसन्धानको फाइल प्रहरीले फेरि खोतल्न सुरु गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या अनुसन्धानमा फेरि सक्रियता देखाएको हो ।
०६३ मंसिर २० गते काठमाडौंको गोठाटारस्थित आफ्नै निवासमा सुतिरहेका बेला सई कार्कीलाई कोठाबाट घिसारेर अज्ञात व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गरि घाइते बनाएका थिए ।