विराटनगर बसपार्कबाट ५० किलो गाँजा बरामद, दुईजना पक्राउ

Symbolic photo
Symbolic photo

मोरङ प्रहरीले विराटनगरस्थित बसपार्कबाट ५० किलो गाँजा बरामद गरेको छ। शनिबार बेलुका तरकारी बोक्ने टेम्पोबाट प्रहरीले गाँजा बरामद गरेको हो। 

मोरङ प्रहरीका डीएसपी दिपक श्रेष्ठका अनुसारको २ ख २४२२ नम्बरको टेम्पोमा साग र तेजपत्ताले ढाकेर गाँजा अनलोड गर्दै गरेको अवस्थामा बरामद गरिएको हो। प्रहरीले शंका लागेपछि चेकजाँच गर्दा तीन बोरा गाँजा भेटिएको जनाएको छ।

प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेका दुई जनालाई नियन्त्रणमा लिएको छ। टेम्पो चालक मोरङको बुढीगंगा गाउँपालिकाका ४६ वर्षीय रोहितकुमार थापा र धनकुटाको सहिदभुमी गाउँपालिका ४ का ४४ वर्षीय यज्ञप्रसाद राईलाई पक्राउ गरेको श्रेष्ठले बताए। उनका अनुसार उक्त गाँजा धनकुटाबाट ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

पक्राउ परेको दुवै जनाविरुद्ध थप अनुसन्धान सुरु गरी लागूऔषध ओसारपसारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-01-22 14:55:00

प्रतिकृया दिनुहोस्