हिजाे कुनै बेला सभ्य समाजकाे निर्माणका निम्ति लागेका उनी भन्थे,‘हामी न्याय र समानताका लागि लडिँरहेका छाैँ। अभाव र अन्याय सहेर बारम्बार मर्नुभन्दा एकैपटक मर्नु जाति।’ तर, आज उनै राजन पलपल मरिरहेका छन्। घिटघिटाउँदै जीवन धकेलिरहेका छन।
चन्दननाथ नगरपालिका- ३ डाँडाकाेटका राजन नेपाली २६ वर्षका भए। उनी विगत ७ वर्षदेखि पहिचान हुन नसकेकाे राेगका कारण थला परेका छन्। उनी हिँडडुल गर्न सक्दैनन्। पछिल्लो अवस्थाले उनी निकै हतास मनस्थितिमा गुज्रिरहेका छन।
याे अवधिमा उनले कहिल्यै कसैलाई उपचारका निम्ति गुहारेनन्। आफूसँग भएकाे धेरथाेर रकमबाट सकेकाे उपचार गरे। राेग पत्ता नलागेपछि जस्ताेसुकै औषधि/मुलाेकाे के काम ? पैसा खर्च हुँदै गयाे। धन सम्पति नासिँदै गयाे। तर, उनी निकाे भएनन। झन् कमजोर बन्दै गए।
जब उनी सम्पूर्ण रुपमा रित्ताे हुँदै गए तब उनी मृत्यु पर्खिरहेका छन। उपचार गर्न नसकेर हतास भएका राजनले भने,‘अब मृत्यु कुर्नुबाहेक के नै छ र ? मेराे काे छ र, बाँच्ने आश गराैं ?’
यतिबेला एकदम हतास र हारकाे मनस्थितिमा देखिएका राजन आम मान्छेहरुकाे भिडका आम मान्छे भने हाेइनन। उनी जिल्लामा नाम कहलिएका एक नेतृत्व हुन। नेतृत्व मात्रै हाेइन सशक्त नेतृत्व हुन।
९ कक्षा पढ्दै गर्दा उनी जिल्ला बाल क्लब सञ्जालकाे अध्यक्ष भइसकेका थिए। कुशल नेतृत्व क्षमता भएका उनी जिल्लाभरका बालबालिकाका हक अधिकारका निम्ति लड्थे। गाउँ– गाउँमा हुने बालविवाह, बालबालिकामाथि हुने हिंसात्मक गतिविधिविरुद्ध अभियान चलाउँथे।
विद्यालयकाे पहुँचमा नपुगेका बालबालिकालाई विद्यालयसम्म पुर्याउन अभियान चलाउँथे। गाउँमा सरसफाइ अभियान चलाउँथे। यी विविध गतिविधिका कारण उनी बालबालिकाकाे नजरमा नाम चलेका नेता भइसकेकाे थिए।
विद्यालयस्तरमा पढ्दै गरेका हरेक बालबालिकाले आफ्नाे आदर्श ठान्ने उनी पछि राजनीतिमा आए। बुझेर राजनीतिक गतिविधिमा लागेका उनी देशमा शिक्षा, स्वास्थ्य नि:शुल्क हुनुपर्छ, राेजगार राज्यले नै दिनुपर्छ भन्ने आदर्श बाेकेकाे नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आबद्ध भए।
नेपाल मजदुर किसान पार्टी (नेमकिपाका)का प्रकाशनहरुकाे अध्ययन र संगठनिक गतिविधिले उनी खारिँदै गए। उनमा दिनदिनै परिपक्वता देखिदै थियाे। उनकाे प्रभावले संगठनमा आबद्ध हुनेकाे संख्या बढ्दै थियाे।
नेक्रावि संघ जुम्लाकाे इतिहासमा उनले आफ्नाे नेतृत्वमा पहिलोपटक उच्च मा.वि. पढ्ने विद्यार्थीहरु संगठित गरी प्रथम उच्च मा.वि. सम्मेलन गरेका थिए। त्यस सम्मेलनले उनलाई अध्यक्षमा निर्वाचित गर्यो।
देशभरका सरकारी उच्च मा.वि.हरुले विद्यार्थीबाट शुल्क उठाउँदै गर्दा संविधानकाे माैलिक हक अन्तर्गतको धारा ३१ लाई देखाएर जुम्लामा विद्यार्थीहरुले नि:शुल्क पढ्न पाउने प्रबन्ध मिलाउने आन्दोलनका नेता राजन नै थिए। परिणाम आज ११/१२ मा पढ्ने विद्यार्थीले स्कुलमा शुल्क बुझाउनु पर्दैन।
हरेक खालका शैक्षिक अराजकता र अनियमितताविरुद्ध खराे उत्रने उनी यतिबेला थला परेका छन। धेरैलाई उनकाे पछिल्लो अवस्थाकाे विषयमा जानकारी छैन। उनलाई के राेग लागेकाे हाे ? कहीँ गएर पनि पत्ता लागेन। उनी झन् कमजोर बन्दै गइरहेका छन्।
हिजाे कमजोर र बेसाहरालाई भराेसा दिने उनी आज आफैं साहरा खाेज्ने स्थितिमा पुगेका छन्।
याे लेख उनकाे उपचारका निम्ति रकम संकलन गर्न मात्रै लेखिएकाे हाेइन। पर्याप्त मात्रामा रकम उठाउन नभएकाे बढाइचढाइ गरिएकाे पनि हाेइन। याे प्रमाणित तथ्य हाे, उनी एक्लाे संघर्ष गर्थे। र, त्यसलाई तार्किक निष्कर्षमा पुर्याएरै छाेड्थे। त्यसैकाे चर्चा पनि हाे।
२०७३ माग १८ गते जुम्ला बहुमुखी क्याम्पसमा विद्यार्थी भर्ना गर्ने समय घर्किसकेकाे थियाे। तर, विद्यार्थी संगठनहरु अन्तिम समयसम्म आफ्ना मान्छे भर्ना गरेर चुनाव जित्ने याेजना बनाउँदै थिए।
त्यसबेला उनी नेक्राविसंघ जुम्लाकाे सचिव थिए। तर, उनी कक्षा १२ मा अध्ययन गरिरहेका थिए। आफू १२ कक्षा पनि नसकाएका उनी क्याम्पसमा संगठन निर्माणका निम्ति जान्थे। स्ववियु निर्वाचनकाे मुखैमा भइरहेकाे अनियमित विद्यार्थी भर्ना उनकाे निम्ति पाच्य भएन। त्यसैले उनले त्यसकाे विरोध गरे।
एक्ला उनकाे कुरा सुनुवाइ हुने छाँटकाट थिएन। याे बुझेका उनले तत्काल एकल संघर्षकाे सुरुवात गरे। क्याम्पस प्रशासनमा ताला लगाउने घाेषणा गरे। अनियमित भर्ना राेक्न माग गरे।
एक्ला उनीसँग ताला थिएन। हतारहतार दाैडिएर बजार पुगे। ताला किनेर ल्याए। ताला लगाए। उसैगरी हतारमा बजार गएर विज्ञप्ति निकाले। विज्ञप्तिमा क्याम्पसमा ताता लगाउनुकाे कारण प्रष्ट्याए। भाेलिपल्ट क्याम्पस प्रशासनले वार्तामा बाेलायाे। वार्तापछि क्याम्पसले अनियमित भर्ना राेक्ने निर्णय लियाे। उनले सफलता हासिल गरे।
त्यसबेला उनी एक्लैले गरेकाे साहसिक गतिविधिकाे क्याम्पसमा चर्चा भइरहन्छ। आज पनि क्याम्पसका प्राध्यापकहरु उनकाे साहसकाे तारिफ गरिरहन्छन्।
त्यसबेला उनकाे कदमलाई प्रत्यक्ष देखेका जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री उनलाई विलक्षण प्रतिभाका धनी मान्छन्। ‘राजन एक सशक्त नेतृत्वको रुपमा उदाउँछन् भन्ने कुरा २०७३ माग १८ गते उनले देखाइसकेका थिए। तर, पछिल्लो समय उनकाे सक्रियता एकाएक घट्याे। हामीले उनी अज्ञात राेगबाट पीडित बन्दै गएकाे थाहा पाएका थिएनाैं,’ खत्रीले भने।
यही बिचमा उनका बुबाकाे निधन भयाे। घरकाे सम्पूर्ण जिम्मेवारी उनकाे काँधमा आयाे। उनले बिहे गरे। छाेरी जन्मिइन्। घर चलाउन खुद्रा व्यापार गरे। र, पनि राजनीतिबाट टाढिएनन्।
पछि राजन नेक्राविसंघकाे जिल्ला अध्यक्ष भए। अध्यक्ष भएदेखि निरन्तर बिरामी भएका उनले काम गर्न सक्ने कुरा आएन। पूरा कार्यकालभरि गतिविधि हुन नसक्दा उनी पार्टी र विद्यार्थी संगठनकाे सम्पर्कमा रहन सकेनन्। उनी टाढिँदै गए। आलोचना सहनुपर्ने अवस्थामा पुगे। समयले त्यत्रो याेगदान गरेका राजन कसैले नचिन्ने पात्र हुन गए।
हिजाे कुनै बेला सभ्य समाजकाे निर्माणका निम्ति लागेका उनी भन्थे,‘हामी न्याय र समानताका लागि लडिँरहेका छाैँ। अभाव र अन्याय सहेर बारम्बार मर्नुभन्दा एकैपटक मर्नु जाति।’ तर, आज उनै राजन पलपल मरिरहेका छन्। घिटघिटाउँदै जीवन धकेलिरहेका छन्।
नि:शुल्क अनिवार्य र वैज्ञानिक शिक्षा, राज्यले राेजगार दिनुपर्ने र राज्यले नि:शुल्क उपचार गरिदिनुपर्ने माग राखेर संघर्ष गरेका राजन आज उपचार खर्च नहुँदा तड्पिरहेकाे छन्।
कृपया एक क्रान्तिकारी याेद्धा बचाऔं ।