अमेरिकामा नेपालीको 'कीर्तिमान', धर्मपुत्रीलाई ७०० पटक बलात्कार, ३७८ वर्ष जेल

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा नेपालीको जनसंख्या बढेसँगै अपराधको ग्राफ पनि उचालिएको छ । यो ग्राफमा सबैभन्दा बढी बलात्कार र व्यभिचारका घटनाहरू पाइन्छन् ।

अहिले पनि अमेरिकामा जेलमा दर्जनौ नेपालीहरू बलात्कार वा यौन दुर्व्यवहारको सजाय काटिरहेका छन् । 

ती नेपालीमध्ये सबैभन्दा बढी जेल सजाय पाएका नेपाली-अमेरिकी हुन् अजयकुमार देव । नेपालमा जनकपुर घर भएका देब बलात्कारी प्रमाणित भएपछि ३८७ वर्ष चार महिनाका लागि जेल जीवन बिताइरहेका छन् । देवले पाएको जस्तो सजाय अमेरिकामै बिरलै दिइन्छ ।

पश्चिमतटीय राज्य क्यालिफोर्नियाको राजधानी साक्रामेन्टोमा बस्दै उनी पेशाले इञ्जिनियर हुन् । स्थानीय खानेपानी बितरणसँग सम्बन्धित कार्यालयमा काम गर्थे ।

अमेरिकी नागरिक भैसकेका उनकी श्रीमती र दुई छोरा छन् ।

उनले नेपाल गएर एक परिचितकै १५ वर्षीय छोरीलाई धर्मपुत्री बनाए । कागजी प्रक्रिया पूरा गरेर उनले सन् १९९९ मा उनलाई अमेरिका लगे । तर, प्रकारान्तरमा उनले ती किशोरीलाई धर्मपुत्रीभन्दा पनि अर्कै प्रयोजनका लागि ल्याएका रहेछन् भन्ने पुष्टि भयो। 

सुरूका पाँच वर्ष रहस्यकै गर्भमा रहेको त्यो कारण २००४ मा उद्द्घाटित भयो। जब ती किशोरी बालिग भएर घर छोड्ने उमेरमा पुगिन् ; उनले घर छोडिन् र आफ्नै धर्मपिताले बलात्कार गरेको संगीन आरोप लगाइन् । आरोप पनि यस्तो थियो कि झट्ट सुन्दा मात्र पनि जो कोहीका रौं नै ठाडा हुन्छन् । किशोरीका अनुसार धर्मपिताले हरेक साता तीन पटकसम्म  बलात्कार गरे। ६ वर्ष ५ महिनासम्म बलात्कृत भएको गण्ना गरेर अदालतले बलात्कारको संख्या लगभग सात सय पटक पुर्यायो ।

किशोरीले योलो काउन्टी अदालतमा दिएको वयानअनुसार देवले धर्मपुत्री घरमा आएको केही समयपछि नै हर्कत सुुरू गरे । आमा घरमा नभएको बेलामा उनको स्तन समात्ने, अश्लील चलचित्र देखाएर सोहीअनुसार गर्न लगाउन थाले। यो क्रम बढ्दै जाँदा पछि आमा घरमा नभएको बेलामा बलात्कारै गरे। नेपाल आउने क्रममा बैंककमा ट्रान्जिट परेको बेला होटलमा समेत बलात्कार गरे । बलात्कारका कारण दुईपटक बसेको गर्भ पनि पतन गराइयो ।

अमेरिकाको एक जेलमा आफ्नै धर्मपुत्रीलाई सातसय पटक बलात्कार गरेको आरोपमा एक नेपाली मूलका अमेरिकी नागरिक ३८७ वर्ष ४ महिनाको जेल जीवन बिताइरहेका छन्। मूलघर जनकपुर भएका उनको नाम अजयकुमार देव हो । 

बीचमा धर्मपुत्री नेपाल फर्केको बेला दे नेपाल गएरै अमेरिका नफर्कन भन्दै पैसाको प्रलोभन पनि दिए । जन्म गलत बनाइदिदा उनी पासपोर्टको समस्या पनि परिन् । तर, जब उनको नयाँ पासपोर्ट बन्यो तब यो मुद्दा अगाडि बढेको थियो ।

हुन त देवमाथि अन्याय भएको भनेर अमेरिकामा रहेका तराईमुलका नेपालीले विरोध पनि गरेका थिए । उनीहरूले यसमा जातिवाद हावी भएको संगीन आरोप पनि लगाए । यद्यपि, उनीहरूको विरोध र आरोपले मुद्दालाई तात्विक रूपमा फरक पारेन ।

अमेरिकामा पुगेर पनि यो वा त्यो नामका व्यभिचारमा संलग्न अजय देव एक्लो नेपाली हैनन्, यस्ता घटना घटाउने पात्र एक हैन, अनेक छन् । कति जेलेको चिसो छिँडीमा पुगेका छन् भने केही त फरार भएर मस्ट वान्टेड सूचीमा पनि परेका छन् ।

पछिल्लो समय अमेरिकामा नेपालीको नजसंख्या बढेसँगै यस्ता घटनामा पनि बढोत्तरी आएको छ । 

त्यसमा पनि झण्डै एक लाख भुटानी शरणार्थीहरू अमेरिकामा थपिएपछि नेपाल अरू थप बदनाम भएको छ । धेरैजसो भुटानी शरणार्थीले बदनाम हुँदा नेपाली हुँ भन्छन् भने अरू बेला आफूलाई भुटानी भन्छन् । भाषाको कुरा आउँदा मात्रै उनीहरू आफ्नो साइनो नेपालसँग जोड्दै आफ्ना पुर्दा नेपालबाट भुटान गएको बताउँछन् ।

समाचारका लागि यो लिंकमा हेर्न सक्नुहुन्छ :
३७८ वर्ष चार महिना जेल सजाय

प्रकाशित मिति: : 2023-01-21 17:10:00

प्रतिकृया दिनुहोस्