पूर्वमन्त्री आङ्बोको नेतृत्वमा प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन भएको छ।

सरकारको साझा कार्यक्रमको मस्यौदा बनाउन आङ्बोको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन भएको हो। 

प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारको साझा कार्यक्रम बनाउने कार्यदलमा एमाले संसद रामबहादुर राना मगर रहेका छन्। यस्तै सत्ता साझेदार दल राप्रपा र जसपाबाट पनि एक एक जना कार्यदलमा रहनेछन्। 

शुब्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्की, माओवादी केन्द्र संसदीय दलका नेता  इन्द्रबहादुर आङ्बो, एमाले प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपाने र माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ सहभागी बैठक कार्यदल निर्माण गर्ने सहमति गरेको थियो। 

कार्यदलका संयोजक आङ्बोले चाडै न्यूनतम साझा कार्यक्रम तयार पारेर सरकारलाई दिने बताए ।

प्रकाशित मिति: : 2023-01-20 13:44:00

प्रतिकृया दिनुहोस्