
बिएल संवाददाता
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३औँ राष्ट्रिय महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ।
महाधिवेशनले नयाँ पदाधिकारी र सदस्यसहितको उर्जाशील टिम निर्वाचित गर्नेछ। अध्यक्ष पदका सबैभन्दा बलिया आकांक्षी हुन्– आरसी लामिछाने र समिक बडाल। लामिछाने वरिष्ठ उपाध्यक्ष हुन् भने बडाल महासचिव हुन्। यीमध्ये एकजना अध्यक्ष हुनेछन्।
त्यस्तै, महासचिव पदका लागि तीनजना आकांक्षी देखिएका छन्– उपमहासचिव गोविन्द गिरी, नरेश रोकाया र नारायण घर्तीमगर। स्रोतका अनुसार गिरी सबैभन्दा बलिया दावेदार हुन्।
विद्यार्थी संगठनभित्र उदाउँदो वैचारिक नेताको छवि बनाएका उनी सबैभन्दा लोकप्रिय र सालिन मानिन्छन्। समय र सन्दर्भलाई मसिनोगरी विश्लेषण गर्ने क्षमता राख्ने गिरी विद्यार्थीको रोजाइँको पात्र हुन्
उपमहासचिव गिरीलाई अनेरास्ववियुको महासचिव बनाउनका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य गोकुल घर्तीमगर, केन्द्रीय सदस्य रचना खड्का र माधव ढुंगेललगायतका पूर्वविद्यार्थी नेताहरू पनि सकारात्मक देखिएका छन्।
‘गोविन्द दाइ अनेरास्ववियुको महासचिवका सबैभन्दा योग्य उम्मेदवार हुनुहुन्छ। उहाँ जतिको नेतालाई महासचिव बनाउने कुरामा पार्टी महासचिव देखि संगठनका इन्चार्जसम्म सकारात्मक देखिनुभएको छ,’ अनेरास्ववियुका एक सचिवले भने।
अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन नजिकिएसँगै विद्यार्थी नेताहरूले पदाधिकारीमा आकांक्षा प्रकट गर्दै दौडधुप थालिसकेका छन्। महासचिव पोखरेलनिकट गिरीलाई महासचिव बनाइछाड्ने अनेरास्ववियुका पूर्वनेताहरूले बताएका छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया