मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित

आज भएको निर्वाचनवाट मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन भएका छन्। 

मंगलबार बसेको प्रदेशसभाको बैठकमा भएको मत बिभाजनवाट सभामुखमा मण्डल चएन भएका हुन्। 

सो मत विभाजनमा मण्डलको पक्षमा ७४ मत परेको थियो भने उनको विपक्षमा २९ मत परेको छ। आज बसेको प्रदेश सभा बैठकमा १ सय ३ सांसद उपस्थित थिए।

मत बिभाजन सम्पन्न भए पछि जेष्ठ सदस्यका नाताले सभाका अध्यक्षता गरेका सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल बिजयी भएको घोषणा गरेका हुन्।

मण्डललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरे पछि उनी बिजयी भएका हुन्। 

मण्डलको बिरुद्धमा नेपाली कांग्रेसका जंगीलाल राय उम्मेदवार थिए पनि आवाश्यक मत नपुग्दा उनी पराजित भए। 

प्रकाशित मिति: : 2023-01-17 17:38:00

प्रतिकृया दिनुहोस्