टिचिङ लगियो पोखराबाट ल्याइएको शव 

शनि शाक्य

काठमाडौं

पोखराबाट काठमाडौं ल्याएको शव त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएको छ।

श्री सैनिक वायु सेवा एयर वेशबाट पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको शव मंगलबार टिचिङ लगिएको हो।

पोखराबाट शव ल्याएर आएको हेलिकप्टर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ‘ल्याण्ड’ हुन नसकेपछि सैनिक एयर वेशमा ल्याण्ड भएको थियो। त्यहीबाट शवलाई एम्बुलेन्समा राखेर टिचिङ लगेको हो। 

प्रकाशित मिति: : 2023-01-17 13:04:00

प्रतिकृया दिनुहोस्