सुत्नुअघि खानुहोस् यी चिज !

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

निन्द्रा मानिसकाे सबैभन्दा प्याराे चिज हाे। निन्द्राले मानिसलाई आराम प्रदन गर्छ। जसकारण जसले दिनभरिको थकानलाई मेटाइदिन्छ। तर दिनभरको थकाइ हटाउनका लागि रात बितिसक्दा पनि निन्द्रा नलाग्दा छट्पट्टीले ग्रसित हुन्छ।

लाखौँ कोशिसका बाबजुद् पनि हामी निदाउन सकिदैन। यदी निन्द्रा नलागेर तनाव हुनुहुन्छ भने सुत्नुअघि खाने गर्नुहोस् यी चिज–

दिमाग र शरीरलाई आराम दिनमा तातो दूधलाई अति नै लाभदायक मानिन्छ। विशेषज्ञका अनुसार दूधमा ट्रिपटोपन, हुन्छ जसले निद्रा बढाउन सहयोग पुऱ्याउँछ। एक कप तातो दुधमा एक अथवा आधा चम्चा दालचीनीको धुलो मिलाएर सुत्नुभन्दा अगाडि सेवन गर्नु पर्छ। यसले अनिद्राको समस्या कम गर्न सहयोग पुऱ्याउछ।

राम्रो निद्राका लागि केसर पनि अति नै उपयोगि हुन्छ। यसमा विभिन्न किसिमका गुणहरु हुन्छन्, जसले अनिद्राको उपचारमा सहयोग पुऱ्याउँछ। राति सुत्नुभन्दा अगाडि दुई चिम्टि केशर एक कप तातो पानीमा मिसाएर पिउनु पर्छ। यसो गर्दा राम्रो निद्रा लाग्छ र बिहान उठ्दा ताजापन महसुस हुन्छ।

केरालाई अनिद्राको समस्यामा अति नै प्रभावकारी मानिएको छ। यसमा समावेश खनिज, आइरन, क्याल्शियम र पोटाशियम राम्रो निद्राका सहायक हुन्छन्। तर सुत्नुभन्दा केही क्षण अगाडि मात्र यसको सेवन गर्नु हुँदैन। सुत्नु एक–दुई घण्टा अगाडि केरा खान सकिन्छ।

जाइफललाई औषधीय गुणले भरिपूर्ण मानिन्छ। यसको प्रयोगले अनिद्राको समस्या समाप्त हुन्छ। यसका लागि एक कप तातो दुधमा एक दुई चम्चा जाइफलको धुलो मिलाउने र सुत्नुभन्दा अगाडि यसको सेवन गर्नु पर्छ। यो अनिद्रा बाहेक अपच र अवसादको उपचारमा पनि उपयोगी हुन्छ।

 

प्रकाशित मिति: : 2023-01-16 22:10:00

प्रतिकृया दिनुहोस्